सरकारसँगको वार्ता निष्कर्ष उन्मुख नरहेको भन्दै आन्दोलन सशक्त बनाउन शिक्षक महासंघको आह्वान



काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग चलिरहेको वार्ता निष्कर्ष उन्मुख नभएको बताएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आइतबार बिहान सामाजिक संजालमार्फत सरकारसँग अनौपचारक वार्ता चलिरहे पनि अझै निष्कर्ष उन्मुख नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ ।’

उनले आन्दोलन लम्बिदै जाँदा बाधा अड्चन बढेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आन्दोलन लम्बिदै जाँदा बाधा र अड्चन बढेका छन् । त्यससँग लड्दै आन्दोलनमा डटिरहन सबै साथीहरुमा अनुरोध छ । पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र सङ्गठित लडाई हो ।’

उनले आन्दोलनमा आफ्नो सक्रिय सहभागितााका लागि काठमाडौं आउन शिक्षकहरुलाई अनुरोध गरेका छन् । शिक्षामन्त्री र महासंघका पदाधिकारीबीच शनिबार बिहान मन्त्रालयका वार्ता भएको थियो ।

वार्तामा महासंघका पदाधिकारीले आफूहरु मागबाट टसमस गर्ने अवस्थामा रहेको जानकारी गराएका थिए । चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन अन्यौल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवरुद्ध पूर्व-पश्चिम राजमार्गमा यातायात संचालन

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा यातायात संचालन आएको

अर्ब बढीको दमकको भ्यूटावरले कसरी तिर्ला साँवाब्याज ?

-नारायण गाउँले यसवर्ष पनि देशको टोटल आम्दानीबाट पूँजीगत (विकास) खर्चका लागि एक सुका

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको उद्वार, एउटा टिपर डुब्यो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको

‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीद्वारा गण्डकीमा यातायात ठप्प

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको विरोधमा आज यातायात