वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोर्याउनुपर्ने बताएका छन् ।

नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौमा आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकोमा मलाई खुसी लागेको छ ।’

उनले वर्तमान समयमा लोकप्रियतावाद हावी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने बताए । उनले भने, ‘वर्तमान समयमा लोकप्रियतावाद हावी भएको छ । प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन । त्यसैले सजग प्रेसले सदैव सही सत्य सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ ।’

राष्ट्रपति पौडेलले बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला त्यसबेलाका पत्रकारहरूलाई बोलाएर पत्रिका निकाल्न र सरकारकोनिरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण बिपीले यस्तो आग्रह गरेको बताए ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने भन्दै लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत पर्वाह नगरी काम गरेको उल्लेख गरे ।

जसरी लोकतन्त्र विना स्वतन्त्र, निश्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेस विना लोकतन्त्रको परिकल्पना पनि गर्न नसकिने राष्ट्रपति पौडेलको भनाई थियो ।

उनले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए ।

उनले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको बताए । कार्यक्रममा नन्दादेवी कुँवर, धनश्याम पाठक, पूजा महत्तोलाई नागरिक सम्ममन प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भन्सार छलेर ल्याएको ७२ लाख बराबरको सामानसहित ट्रक चालक पक्राउ

भक्तपुर । भन्सार छलेर ल्याएको ७२ लाख बरावरको अवैध सामानसहित प्रहरीले ट्रक चालकलाई

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही । दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई सिँगारिएको

१० आरोहीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण

त्रिचन्द्र क्याम्पसमा मनोवैज्ञानिक परामर्श मेला आयोजना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा परामर्श मनोविज्ञानमा अध्ययनरत विद्यार्थीहरूले विविध क्रियाकलापका