नेपाल जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ : परराष्ट्रमन्त्री राणा



काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी छन् । उनले जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताइन् ।

भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा रहेको बताइन् । उनले नेपाल शान्तिको पक्षमा रहेको स्पष्ट पारिन् ।

‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।’

मन्त्री डा राणाले आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताइन् ।

नेपाल आतङ्कवाद विरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको पराराष्ट्रमन्त्रीको भनाइ थियो । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य समेत रहेको बताइन् ।

‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुशी या सङ्कटको समयमा एकसाथ उभिएका छौँ ।’ परराष्ट्रमन्त्री राणले भनिन्, ‘भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो ।’

मन्त्री डा. राणाले पहलगाम त्रासदीको शिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिइन् ।

मन्त्री डा. राणाले आतङ्कवादी हमलामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्‍याली उत्सव

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा

हङकङमा परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री वाङबीच द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको

१५ दिन अगावै नेपाल भित्रियो मनसुन

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट