शिक्षा मन्त्रालयले शिक्षकहरुलाई फेरि बोलायो वार्तामा



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ । शुक्रबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुलाई वार्तामा बोलाएका थिए । तर वार्ताका लागि गएका शिक्षकहरु सिंहदरबाट गेटबाटै फर्काइएका थिए ।

त्यसपछि शुक्रबार साँझ मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार बिहान साढे सात मन्त्रालयमा नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको हो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीबाट आव्हान भएबमोजिम शुक्राबार नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवस आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ ।’

मन्त्रालयले शनिबार बिहान साढे सात बजे वार्ताका लागि आउन महासंघलाई आग्रह गरेको छ । मन्त्रालयले भनेको छ, ‘यस सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतबाट मिति २०८२।१।१२ गते प्राप्त आदेश समेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँग भएको छलफल र परामर्श बमोजिम माननीय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०८२।१।१३ गते विहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवम् अन्य पदाधिकारीहरू उपस्थित भईदिनु हुन मन्त्रालय हार्दिक आव्हान गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बढेन सरकारी कर्मचारीको तलब, ५ हजार महंगी भत्ता

काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौँ । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको

औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिइने

काठमाडौं । सरकारले उद्योग दर्तादेखि बन्दको प्रक्रियाएउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने सरकारको घोषणा

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोषणा गरेको छ ।