शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएर शिक्षक महासंघको टोलीलाई सिंहदरबार गेटबाटै फर्कायो



काठमाडौं । शिक्षा मन्त्रालयमा वार्ताका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारको गेटबाटै फर्किएको छ ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले महासंघलाई वार्ताका लागि बोलाएका थिए । तर विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिइने

काठमाडौं । सरकारले उद्योग दर्तादेखि बन्दको प्रक्रियाएउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने सरकारको घोषणा

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोषणा गरेको छ ।

समस्याग्रस्त सहकारीका सञ्चालक र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी रोक्का राख्ने सरकारको घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी

प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब बजेट

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब रुपैयाँ दिने