एलन मस्क नेतृत्वको डज विभागद्वारा एमसीसी परियोजना बन्द गर्ने निर्णय



काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको डज विभागले संघीय खर्च कटौतीसम्बन्धी पहलअन्तर्गत यसलाई बन्द गर्ने निर्णय गरेको हो ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन र डजद्वारा अमेरिकी वैदेशिक सहायता प्रणालीमाथिको पछिल्लो आक्रमणको रूपमा लिइएको छ । प्रशासनले यसअघि अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था युएसएआईडी बन्द गर्न, अमेरिकी शान्ति संस्था र अफ्रिकी विकास फाउन्डेशन माथि पनि प्रहार गरेको थियो । यस्ता धेरै प्रयासहरू हाल कानुनी चुनौतीको सामना गरिरहेका छन् ।

सन् २००४ मा अमेरिकी कांग्रेसद्वारा स्थापना गरिएको एमसीसीले युक्रेन, एल साल्भाडोर, र नेपालसहितका दर्जनौं विकासशील राष्ट्रहरूलाई पूर्वाधार निर्माण र नीतिगत सुधारका लागि समय–सीमित अनुदान प्रदान गर्दै आएको छ । सीएनएनका अनुसार एमसीसीका कर्मचारीहरूलाई अग्रिम अवकास योजना वा स्थगित राजीनामा कार्यक्रम रोज्न भनिएको छ ।

यस योजनाअनुसार, रोजाइमा परेका कर्मचारीहरूलाई सेप्टेम्बर ३० सम्म प्रशासनिक बिदामा राखी तलब दिइनेछ । एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र प्रसारण लाइनका काम भइरहेका छन् । यो कार्यक्रम बन्द भएमा यी परियोजना अलपत्र पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन छुटे अफताब ?

-सुवोधराज प्याकुरेल । उनको बिगत फर्केर हेर्दा प्रधानन्यायाधीश सुशिला कार्कीले लिएको ऐतिहासिक निर्णयले

भोजपुरमा जलाधार संरक्षण गर्न ‘एक वडा, एक सार्वजनिक पोखरी’ कार्यक्रम

भोजपुर। जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक

स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा

यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस(फोटोफिचर)

काठमाडौँ । १८औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको