निजामती विधेयकमा माओवादीको तीनबुँदे असहमति, ‘कुलिङ पिरियड’ हटाउन रघुजी पन्तको जोड



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त निजामती कर्मचारीलाई ’कुलिङ पिरियड’ राख्नुपर्ने पार्टीको प्रस्तावविरुद्ध उभिएका छन् ।

बुधरबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले अवकासपछिको नियुक्तिमा ‘कुलिङ पिरियड’ नै राख्न नुहने बताएका हुन् ।

कांग्रेसले दुई वर्ष र एमालेले एकवर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्ने प्रस्ताव गरेकोमा पन्तले भने राख्नै नहुने बताएका छन् ।

पन्तले भने, ‘ नरहे बाँस, नबजे बाँसुरी भने जस्तो यसमा अल्झेर बस्नु हुँदैन । कुलिङ पिरियड नै नराखौं ।’

सांसद पन्तले यो विषयमा अल्पमत र बहुमतको आधारमा निर्णय लिन नहुने बताएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा तीनबुँदे असहमति राखेको छ । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा तीनबुँदे अहसमति राखेका हुन् ।

प्रमुख सचेतक पाण्डले कुलिङ पिरियड कम्तिमा दुई वर्ष राख्नुपर्ने, अतिरिक्त सचिव राख्न नहुने र भेटेनरीमा आठौँ तह राख्नुपर्ने फरक मत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

ठाकुरबाबा । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ

म एमालेको झोले हुँ, यतिभन्दा एमाले विरोधीलाई चित्त बुझ्छ होलाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको