मधेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । मधेश प्रदेशको प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै उपाध्याय मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् ।

उनले आइतबार नियुक्त भएका उनले सोमबार पद तथा गोपनियताको शपथ लिई कार्यभार ग्रहण गरेका थिए । अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेकोसम्बन्धमा अनुसन्धान गर्दा उपाध्यायलगायत दोषी देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुप्रयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान

रुपन्देहीमा ३० करोडको लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्राइएका १३ लाख ८०

आफताब आलमलाई मस्तिष्कघात

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएर बुधबार रिहा भएका नेपाली कांग्रेसका नेता मोहम्मद