प्लाष्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह



काठमाडौँ । काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन् ।

महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरेकी छन् । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री आलम कारागारबाट रिहा

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम जेलमुक्त भएका छन् ।

साउनयता प्राकृतिक कारणले मरे २८ गैंँडा

चितवन । गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र

गभर्नर नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्व पौडेललाई गरेको नियुक्तिविरुद्ध

एमालेले भन्यो-कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई