राप्रपाका नेताहरुलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट प्रहरीले बाहिर जान नदिएपछि….(भिडियोसहित)


काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरुलाई सिंहदरबाभित्रै रोकेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा रहेका नेताहरुलाई प्रहरीले बाहिर निस्कन रोक लगाएको हो ।

नेताहरुलाई रोकेपछि अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । संसदीय कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ । आफूहरूलाई बाहिर निस्किन नदिएर बन्धक बनाइएको राप्रपाका प्रमुख सचेतक शाहीले बताएका छन् ।