नेपाल बारलाई राजनीतिबाट मुक्त गराउँछौंः अध्यक्ष मिश्र



काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

बार एसोसिएसनद्वारा शनिबार आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।

बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो । निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।  निर्वाचनले बारमा २५ जना नयाँ कार्यसमिति चयन गरेको हो ।

पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट मुक्त तुल्याउने, वकिलहरूको पेसागत हकहितका लागि आवाज उठाउने साझा र बलियो संस्थाका रूपमा अघि बढाउने अभियानमा साथ सहयोगको अपेक्षा गरे ।

उनले भने, ‘निर्वाचनका बेला जारी गरिएको घोषणपत्र कार्यान्वयन, संस्थालाई राजनीतिबाट मुक्त, गतिविधिलाई पारदर्शी र नतिजा मूलक बनाउन नयाँ कार्यसमितिले ध्यान पुर्याउने छ ।’

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रत्यक्ष असर पर्न नहुने बताए । उनले बारका निर्णय तथा गतिविधिमा राजनीतिक दल र सरकारको प्रभाव परेमा वा त्यस प्रकारका गतिविधि भएमा स्वीकार्य नहुने बताए ।

श्रेष्ठले भने, ‘बारले वकिलको हकहित र कतिपय सन्दर्भमा न्यायलयबारे उठ्दै आएको प्रश्नलाई स्वतन्त्रपूर्वक निष्कर्षमा पुर्याउन कोसिस गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताले पूर्खाले आर्जेको प्रतिष्ठा र एकताको भावसहित निष्पक्ष वातारणमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही