मकवानपुरगढीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते



भीमफेदी। मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त कार्यालयका अनुसार बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौंडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छः अध्यक्ष प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश(पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र

धनुषाको कमलाका आगलागी पीडितलाई एमाले नेताद्वारा राहत वितरण

जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ५ लक्कर नेपाली टोलका आगलागी पीडितलाई