धरानमा चुनकुमारीको हत्या उनकै श्रीमानको योजनामा भएको खुलासा, ६ जना पक्राउ



धरान । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार हत्याका आरोपीलाई झापाको काँकडभिट्टा तथा र मोरङ्का विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

मृतक चुनकुमारीका श्रीमान् धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीलाई यही वैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको हो ।

चुनकुमारीको हत्यामा उनकै आफन्तजन संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए ।

उक्त घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २९ वर्षीय ढकेन्द्र बुढाथोकी, २५ वर्षीया सृष्टि बुढाथोकी र ४० वर्षीय केशवराज दाहाल, पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ का ३६ वर्षीय योगेन्द्र गौतम र २८ वर्षीय डेनु गौतमलाई पक्राउ गरिएको छ । भारतको आसाम तेजपुरका ३५ वर्षीय राजु थापामगर भने फरार रहेका छन् ।

प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार हत्या गरिएकी चुनकुमारी र प्रेमबहादुरबीच केही समयदेखि मनमुटाव र झगडा थियो । श्रीमान प्रेमबहादुरको योजना अनुसार जङ्गलमा लगेर चुनकुमारीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

हत्या गरिएको ठाउँबाट प्रहरीले तीन मोटरसाइकल समेत बरामद गरेको छ । चुनकुमारीको शव गत चैत २५ गते धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी