पाँच किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट श्रीलङ्काली नागरिक



काठमाडौँ । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

श्रीलङ्कन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।

विमानस्थलमा जाँचका क्रममा उनको सुटकेसबाट उक्त पदार्थ फेला परेको हो । उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई अवैध दुई किलो एक सय ग्राम गाँजा र २७ हजार चार सय ३० सहित पक्राउ गरेको छ । प्रहरीले उनको घर खनतलासी गर्दा उक्त गाँजा फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोग पुनर्गठन गर्न राष्ट्रपतिसमक्ष द्वन्द्वपीडितको अपील

काठमाडौँ । सशस्त्र द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान

रुपन्देहीमा ३० करोडको लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्राइएका १३ लाख ८०