बलात्कार मुद्दामा बम्जनले पाए उच्च अदालतबाट सफाइ
काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको जिल्ला अदालतबाट दोषी ठहर भएका आफूलाई लिटिल बुद्ध बताउने रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।
जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । गत चैत ६ गते इजलासले बम्जनसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले जानकारी दिए ।
जिल्ला अदालत सर्लाहीले गत असारमा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उच्च अदालतले फैसला गरेको बेला बम्जन जिल्ला कारागार सिन्धुपाल्चोक थिए ।
अदालतको आदेशसँगै बम्जन रिहा भइसकेका छन् । बम्जनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन ।