धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु



म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो ।

धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग रु चार करोड ७० लाख ३६ हजार दुई सय ५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

राँझा । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी

अवरुद्ध पूर्व-पश्चिम राजमार्गमा यातायात संचालन

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा यातायात संचालन आएको

अर्ब बढीको दमकको भ्यूटावरले कसरी तिर्ला साँवाब्याज ?

-नारायण गाउँले यसवर्ष पनि देशको टोटल आम्दानीबाट पूँजीगत (विकास) खर्चका लागि एक सुका