लुक्ला उडेको सीता एयरको जहाजमा समस्या आएपछि…..
काठमाडौं । रामेछापबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
जहाजमा हायड्रोलिक समस्या देखिएपछि बुधबार बिहान १० बजेर ६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गराइएको हो । त्यसक्रममा केहीबेर विमानस्थल बन्द गराइएको थियो ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जहाज अवतरण भइसकेको र केहीबेर बन्द गराइएको विमानस्थल पुनः संचालनमा आएको जानकारी दिए । उनले अहिले जहाजको प्राविधिक जाँच भइरहेको जानकारी दिए ।