ओखलढुङ्गामा चट्याङ लागेर दुईजना घाइते



ओखलढुङ्गा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार चट्याङ लागेर त्यहाँस्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् ।

चट्याङ लाग्दा चम्पादेवी–८ विलन्दुका ३१ वर्षीय चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उनले बताए ।

चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थान नजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डलाई ओलीको फोनः सदन संचालनमा सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद संचालनको वातावरण बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्ने अवस्था आए मानव अधिकारको सम्मान गर्न एआईजी तामाङको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौ उपत्यकामा हुने कुनै

आगलागीबाट लमजुङमा ७० वर्षीया वृद्धाको मृत्यु

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा