२५ करोड बरामद प्रकरणः राजस्व अनुसन्धान विभागद्वारा दुईजनाविरुद्ध मुद्दा दायर



काठमाडौं । काठमाडौंको टोखाबाट गत चैत ४ गते बरामद भएको २५ करोड रुपैयाँ प्रकरणमा राजस्व अनुसन्धान विभागले दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले ट्रक चालक कुसाङ लामा र फरार नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा मंगलबार मुद्दा दायर गरेको हो ।

कुसाङ रकम बरामद भएको ट्रकका चालक हुन् भने पौडेल उक्त रकमका मालिक भएको बताइएको छ । पौडेल भने फरार नै छन् । चैत ४ गते टोखा–झोर सडकखण्डमा ना.७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) रोकेर खानतलासी गर्दा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा युरो १३ लाख ७५ हजार १ सय ५० (५००, २००, १०० र ५० दरका नोट) र अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० (१०० र ५० दरका नोट) बरामद भएको थियो ।

विभागले आरोपी कुसाङ लामाले पाँच वर्षअघि सुन चोरी पैठारी प्रकरणमा सजाय भुक्तान गरिसकेकाले उनले पुनः त्यही प्रकृतिको कसुर गरेको ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४४(२) अनुसार थप सजाय माग गरेको छ ।

त्यस्तै विभागले विदेशी विनिमय ऐनको दफा १७ अनुसार बरामद सम्पूर्ण विदेशी मुद्रा जफत गर्न र घटनामा प्रयोग भएको कन्टेनर ट्रक पनि जफत गर्न मागदाबी गरेको छ । फरार पौडेलको हकमा भने अदालतमार्फत कानूनबमोजिमको म्याद जारी गर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य उपकरण खरिदमा मधेस प्रदेशमा करोडौं अनियमितता, १४ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा विशाल पण्डित, इमानारायण श्रेष्ठसहित

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु

बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने

लुम्बिनी । बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र

दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते घटेको घटनामा संलग्न आरोपमा पक्राउ परेका