सुनसरीको रासीमा गोली प्रहारबाट दुई जना घाइते, एक गम्भीर घाइते



इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको सत्ता समीकरण निरन्तर अगाडि जान सरकारले मन जित्ने गरी काम गर्नुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा

सहकारी तथा लघुवित्त पीडितहरुद्वारा बचत फिर्ताको माग गर्दै माइतीघर मण्डलामा अर्धनग्न जुलुस प्रदर्शन(भिडियो)

काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको मृत्यु, २४ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद्

गण्डकी प्रदेशको ‘ लाइफलाइन ’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

गण्डकी । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार