बिस्केट जात्राको पाँचौं दिन ढालियो ५५ हात लामो योसिद्यः



भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ ।

योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ ।

यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित

सुस्ताको झोलुङ्गे पुल जोखिममा

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे

गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन : शेखर कोइराला

काठमाडौं। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी) को आदर्श तथा

मंगलबारदेखि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई ललितपुर महानगरको पत्राचार

पाटन । ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ