राष्ट्रपति पौडेलबाट आकाश भैरवको बाह्र वर्षे जात्रामा शुभारम्भ


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्राको नयाँ वर्षको पहिलो दिन शुभारम्भ गरेका छन् ।

काठमाडौ नागार्जुन नगरपालिका वडा नम्बर – ३ हल्चोकस्थित हल्चोक आकाश भैरव मन्दिर पुगेर सोमबार अपरान्ह राष्ट्रपति पौडेलले जात्राको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देव गणकों पूजा अर्चना गरी टिकाप्रसाद ग्रहण गरेका थिए ।