प्रधानमन्त्रीज्यू, के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होइन ?



काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र लेख्दै उनले शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

‘सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?’ सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेखेका छन्, ‘यदि सरकारले १–२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसंँग समेत जोडदार माग रहनेछ ।’

महासङ्घले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । विगतमा महासङ्घसँग सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गरेका छन् ।

‘पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद् पक्ष हो’, उनले भनेका छन् ।

यस्तो छ प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू
जय नेपाल !

विषयः नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला–पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ । नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेकोछ ।

पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरुसंग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।
भोलीबाट २०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँबर्ष आ–आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरु माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होईन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसंग समेत जोडदार माग रहनेछ ।
जय नेपाल !
जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६३ एसपीको सरुवा, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।

लुटतन्त्र र निरङ्कुशता अन्त्यका लागि राष्ट्रवादी शक्ति एकठाउँमा उभिनुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र र निरङ्कुशता हावी

१७ अर्ब ८६ करोड अवैधरुपमा कारोबार गर्ने २१ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैधरुपमा वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ ।

संसदीय उपसमितिद्वारा पोखरा विमानस्थल अध्ययन प्रतिवेदन लेखा समितिलाई हस्तान्तरण

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित