काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।
उनले नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र वलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धीहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताएका छन् ।


प्रतिक्रिया