विपिन जोशीको सकुशल रिहाइ निम्ति सहजीकरण गर्न कतारसँग नेपालको फेरि आग्रह



काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसँग आग्रह गरेका छन्।

कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आइतबार भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।

दोहास्थित नेपालको राजदूतावासका अनुसार उनीहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो।

महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६३ एसपीको सरुवा, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।

लुटतन्त्र र निरङ्कुशता अन्त्यका लागि राष्ट्रवादी शक्ति एकठाउँमा उभिनुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र र निरङ्कुशता हावी

१७ अर्ब ८६ करोड अवैधरुपमा कारोबार गर्ने २१ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैधरुपमा वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ ।

संसदीय उपसमितिद्वारा पोखरा विमानस्थल अध्ययन प्रतिवेदन लेखा समितिलाई हस्तान्तरण

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित