बिस्केट जात्रामा हात नभएको योसिद्य उठाइयो



भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः (हात नभएको लिङ्गो) ठड्याइएको छ ।

त्यसैगरी आइतबार साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याएको हो । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने योसिद्यःकोे टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ ।

प्रत्येक वर्ष चैत्र मसान्तका दिन योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ ।

योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको

मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति

काठमाडौं ।  नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ ।

धूमपानविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ

-डा. प्रकाश बुढाथोकी विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृत्रिम अभ्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम