वीरगंजमा सामाजिक सद्भाव कायम राख्ने पाँच बुँदे सर्वपक्षीय सहमति



वीरगंज । वीरगन्जमा भएको घटनाका दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको हो । भेलापछि भएको निर्णयमा घटनामा संलग्न दोषीहरुमाथि विस्तृत छानविन गरी कारबाही गर्ने, सामाजिक सदभाव र सहिष्णुता कायम राख्ने, घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार तथा क्षतिको क्षतिपूर्तीका लागि प्रशासनले पहल गर्ने विषय उल्लेख छ ।

शनिबार अपरान्ह ५ शोभायात्रामा निस्केको समूहमाथि वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो । झडपमा मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।झडप नियन्त्रण गर्न प्रहरीले ५ सेलअश्रुग्यास प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासंघले भन्यो-सरकारद्वारा संरक्षित भिजिलान्तेले स्थिति भड्काए, १२ शिक्षक गम्भीर

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको नयाँबानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएकामध्ये

दलले काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराले आवश्यकताका आधारमा मात्रै

चट्याङ लागेर गोरखामा एकजनाको मृत्यु, दुईजना घाइते

गोरखा । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते

बसको ठक्करबाट हेटौंडाको एकजनाको मृत्यु

बागमती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक