मुलकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्नुपर्छः पूर्वराजा शाह(भिडियो)



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंका तिनकुनेमा भएको जनधनको क्षतिबाट दुःख व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गरी पूर्वराजाले घटनामा भएको मानवीय तथा भौतिक क्षतिबाट दुःख व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘केही दिनअघि भएको जनप्रदर्शनमा हिंसा, आगजनी भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।’

उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो वाद नहुने पनि बताएका छन्। उनले भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो–नराम्रो जनगुनासो वा राम्रो सुन्ने परम्परा र संस्कार हुन्छ।’

उनले जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ।’ यसैगरी पूर्वराजा शाहले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी तथा लघुवित्त पीडितहरुद्वारा बचत फिर्ताको माग गर्दै माइतीघर मण्डलामा अर्धनग्न जुलुस प्रदर्शन(भिडियो)

काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको मृत्यु, २४ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद्

गण्डकी प्रदेशको ‘ लाइफलाइन ’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

गण्डकी । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार

सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्योः सांसद पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै