६ वटा निजामती ट्रेड युनियनहरुले भने-निजामती ऐन जारी गर्ने प्रक्रियामा तत्काल अगाडि बढाउ
काठमाडौँ । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूल संघीय निजामती सेवा ऐन निर्माणमा आफूहरूसँग छलफल नगरी अगाडि बढेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेसआवद्ध लगायतका कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरी समग्र कर्मचारीको साझा हितका साथै स्थानीय र अन्य सरकारी सेवाको मार्गदर्शकको रूपमा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
सरकारले यस्ता विषयलाई समयमै सम्बोधन नगरेमा सार्वजनिक प्रशासनका तथा शैक्षिक क्षेत्रमा समेत गम्भीर समस्या उत्पन्न हुने र यसले प्रशासनिक तथा शैक्षिक क्षेत्रमा अराजकता निम्त्याउने कुरामा समेत सचेत रहन उनीहरूले आग्रह गरेका छन् ।
उनीहरुले आफूहरुका मागहरूप्रति सरकार उदासिन भइ सुनुवाइ नगरेमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलनको सुरूवात गर्न बाध्य हुने चेतावनी दिएका छन् ।