पछिल्लो २४ घण्टामा विपदका घटनामा परी तीनजनाको मृत्यु, १६ घाइते



काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय नौ वटा विपद्जन्य घटना भएका छन् भने ती घटनामा परेर मावनीयसँगै ठूलो आर्थिक क्षति भएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले चट्याङ लागेर तीनजनाको मृत्यु भएको जनाउँदै १३ जना घाइते भएका बताए । उनले हावाहुरीका कारण एकजना र जनावरको आक्रमणबाट दुईजना घाइते भएका उल्लेख गरे ।

यस्तै २२ वटा पशुचौपाय पनि मरेका छन् । ती घटनाबाट दुई करोड ९० लाखको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार १२ जिल्लामा आगलागी, १३ जिल्लामा चट्याङ, १७ जिल्लामा हावाहुरीका घटना भएका छन् । आगलागीका १४ घटना भएका छन् भने चट्याङका १७ घटना भएका प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेश थापामाथि फिफाको निलम्बन समाप्त, भावी योजना के छ ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल

कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा सरकारको आयुकाबारेमा बोलेको हुँः अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेका

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ

लिच्छविकालिन इखा पुखुलाई यस्तो बनाउँदैछ महानगर(भिडियोसहित)

बालेन साह । काठमाडौं महानगरपालिकाका वडा नम्बर १७, १८ र २५ को बीचमा