वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित



काठमाडौं ।  वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन् ।

शनिबार बिहान सकिएको मतगणना अनुसार प्रतिद्वन्द्वी नरेश गेलाललाई ६१ मतले पराजित गर्दै गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गुरूङले ४२८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी गेलालले ३६७ मत पाएका छन् ।

यसैगरी, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् ।

महासचिवमा भने महेशकुमार बस्नेत निर्वाचित भए । महासचिवमा निर्वाचित बस्नेतले ४२३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे । यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न

‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा विद्युत अवरुद्ध भएपछि चिकित्सकले ‘लाइट’ बालेर जोगाए बिरामीको ज्यान

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

उत्खननको पर्खाइमा बागलुङको तामाखानी

गलकोट । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी