तिनकुने घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोग समक्ष पत्रकार महासंघको माग



काठमाडौं । नेपाल पत्रकार महासंघले तिनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ ।

महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार हत्या तथा आक्रमण, सञ्चारगृहमा भएको आगजनी र तोडफोडको स्वतन्त्र छानबिनका लागि आयोगलाई आग्रह गरेको हो ।

त्यस अवसरमा आयोगका अध्यक्ष मगरले आयोगले तिनकुने घटनाको छानबिन गरिरहेकाले पत्रकार मारिएको र प्रेस स्वतन्त्रता हनन्का घटनाको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन अनुरोध गरेका छन् । विस्तृत छानबिन प्रतिवेदन तयार पारी दोषिमाथि कारबाही सिफारिससहितको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बद्ध निकायलाई पठाइने उनको भनाइ थियो ।

पत्रकार हत्यामा संलग्न दोषिमाथि कारबाही, मृत पत्रकारको परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निशुल्क उपचार, सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतमा प्रेस स्वतन्त्रता हननका घटनका दोषिमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको महासंघले जनाएको छ । यसबारे सरकारको ध्यानाकर्षण गरिने मगरले बताए ।

सरकारले हत्याको निष्पक्ष छानबिनलगायत महासंघको माग सुनुवाइ नगरेझैं आयोगसंग पनि गुनासो गर्ने अवस्था सिर्जना नगर्न महासचिव रामप्रसाद दाहालले सचेत गराएका छन् ।

दाहालका अनुसार, आज महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आयोग समक्ष आफ्नो माग प्रस्तुत गरेका हुन् । केन्द्रीय समितिले आयोग पदाधिकारी, प्रदेश समितिले प्रदेश कार्यालय र शाखाहरूले इमेलमार्फत आयोगको ध्यानाकर्षण गराएका छन् ।

महासंघका महासचिव दाहालका अनुसार सरकारले माग सुनुवाइ नगरेकाले थप दबाब दिने अभियान अन्तर्गत आयोगको ध्यानाकर्षण गराइएको छ । महासंघले आइतबार देशभरबाट गृहमन्त्रीलाई महासंघको माग पूरा गर्न दबाब दिने सन्देश पठाउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी