अदालतले दियो दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

शुक्रबार झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईं र उनका अंगरक्षकलाई प्रहरीले शुक्रबार दिउँसो जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरुलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको नेतृत्व प्रसाईंले गरेका थिए । त्यसयता उनी फरार भएका थिए ।

बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै आएका स्याङ्जाका डिलबहादुर गुरुङ

वालिङ । स्याङ्जाका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन्

संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी

भोजपुर। नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा

बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

काठमाडौं । नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको

सगरमाथासँग पनि बेइमानी ?

-केपी शर्मा ओली यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका