श्रम र रोजगार प्रवद्र्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी



काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्बयात्मक तवरले कार्य गर्न नेपाल सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको बताएका छन् ।

स्वीस कन्ट्याक्स्टको स्टेप अप परियोजनाको समापनमा बोल्दै श्रम मन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धी नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक काम गर्नु पर्ने अवस्था रहेको बताए ।

रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक रहेको भन्दै उनले आगामी दशकमा नेपाल सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ती र आर्थिक विकासको लागि श्रम बजार प्रवद्र्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए । नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको बताए ।

संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तर्राष्ट्रिय श्रम दिवश देखी सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई ब्यापकता दिने उल्लेख गरे ।

समपान कार्यक्रममा विराटनगर महानगरपालि र दुहबी नगरपालिकाका नगर प्रमुख तथा स्वीस कन्ट्याक्टका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चोरमारामा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएको छ ।

कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

मकवानपर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको

धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा