राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आसामबाट पक्राउ



काठमाडौं । काठमाडौंको तिनकुनेमा चैत १५ गते भएको हिसांत्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रहरीले प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । उनलाई पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीको उच्च श्रोतले जनाएको छ ।

प्रसाईंको सचिवालयले भने पक्राउ नभई आफ्नो सुरक्षाका लागि आफैंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएको छ । सचिवायले भनेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका सयोजक दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्र्छां भनेका थियौं र आज उपस्थित भयौं ।’

यसअघि उनले सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै आफू नभागेको बताउँदै आएका थिए ।

उनले मानवअधिकारवादीको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका थिए । उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका थिए ।

बुधबार मात्र भिडियो सन्देश जारी गर्दै उनले भनेका थिए, ‘कहीँ इन्डिया भाग्यो भन्या छ । कहीँ कता भाग्यो भन्या छ । म कतै भागेको छैन ।म नेपालमै छु र कुनै ठाउँमा छु । अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।’

प्रसाईंले आफू रहे भने यो अभियान र जनविद्रोह सफल हुने तर नरहे यो जनविद्रोह दबाएर जाने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

गलकोट । बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको

अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास गरिँदै, बेपत्ता महिलाको खोजी हुँदै

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको