दिवंगत पत्रकार सुरेश रजकको परिवारको साथमा छौंः प्रवक्ता सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा चैत्र १५ को राजावादी आगजनीमा मारिएका पत्रकार सुरेश रजकको डल्लुस्थित निवासमा पुगेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश लिएर, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीसहित बिहीबार त्यहाँ पुगेका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारजनसँग भेट गरी उनीहरूको पीडालाई गम्भीरतापूर्वक सम्बोधन गर्न सघाउने प्रतिबद्धता व्यक्त गरे ।

रजक परिवारले घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कडा कारबाही, सुरेशलाई सहिद घोषणा तथा तीनकुनेमा उहाँको सालिक निर्माण गर्ने माग गरेका छन् ।

प्रवक्ता सापकोटाले ती मागहरूप्रति पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जनाउँदै, घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गर्न माओवादी केन्द्रले सरकारसँग दृढ आग्रह गरिरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सातासम्म मनसुन निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५

६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका

मधेस प्रदेशमा १२ अर्ब ७० करोड लागतका ६४ सडक योजनाको एकैपटक शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका

राजेन्द्र लिङ्देनको चेतावनीः हाम्रो भद्रतालाई कमजोरी ठानियो भने लडाइँ सुरु हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई