अनलाइनको माध्यमबाट हुने ठगी बढ्यो, सचेत हुनुहोस्ः साइबर ब्युरो



काठमाडौं । सेयर मार्केटको तालिम दिने बहानामा फिसिङ हुने गरेको भेटिएको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइनमार्फत सेयरमार्केट तालिम दिने भन्दै फिसिङ लिंक पठाएर ठगी हुने गरेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

ब्युरोले सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयरमार्केट तालिम लिन सकिने र सोको लागि उपलब्ध गराइएको लिंकमा कुनै फिसिङ सफ्ट्वेयर इन्स्टल गर्ने भन्दै ठगी भइरहेको पाइएको जनाएको छ ।

योबाहेक बैंकिङ वालेट प्रयोगकर्ताहरुलाई तपाईंको खातामा असामान्य गतिविधि देखिएको भन्दै एसएमएस गरेर लिंकमा जान लगाउने क्रम बढेको छ।

यसरी लिंकभित्र गएपछि उक्त व्यक्तिको बैंकिङ खातासम्मै पहुँच पुर्याउने हुनाले कुनै पनि प्रकारका असम्बन्धित लिंक नखोल्न पनि आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजतन्त्र ल्याएर फाइदा हुँदैनः अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा

२५ करोड विदेशी मुद्रा बरामद प्रकरणः ट्रक चालक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । काठमाडौंको टोखामा २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौँ । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ

हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर