गगनको प्रश्नः निर्मल निवासमा बसेर उत्पात मच्याउने पूर्वराजा नारायणहिटी दरबारमा बसे भने के होला ?



काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेपालको राजालाई कुनै हालतमा संवैधानिक बनाउन नसकिने बताएका छन् ।

कांग्रेस बागमती प्रदेशले बिहीबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोइपखाली गरेपनि संवैधानिक बनाउन नसकिने बताएका हुन् ।

उनले भने,‘कांग्रेसले जति राजालाई अरु कसले बाकेको छ ? पार्टीको स्थापना भएदेखि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो । आठ वर्ष झ्यालखानामा कोचिएको बिपी कोइरालाले सातवटा ज्यान मुद्दा लिएर नेपाल फर्किदै गर्दा गणेशमान र बिपी कोइराला उभिएर त्यो बेलामा नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भन्ने मान्यता राखेको पार्टी हो । ०४६ सालको परिवर्तनपछि पनि त्यही मान्यता राखेको पार्टी हो । त्यसैले कांग्रेसले लामो अनुभव गरेर त्यो निर्णय गरेको हो । नेपालको राजा कसैले पनि धोएर जति सफा गरे पनि उसलाई संवैधानिक बनाउन सक्दैन ।’

महामन्त्री थापाले निर्मल निवासमा बसेर उत्पात मच्याउने ज्ञानेन्द्रले नारायणहिटी दरबारमा बसेको भए के गर्थे होलान् भन्ने स्पष्ट भएको बताए । उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

कांग्रेस-एमालेसँग अब सहकार्य गर्दैनौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पटक–पटक कांग्रेस र एमालेसँग

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी

प्रचण्ड के-के बर्बराउनुहुन्छ, अन्यथा मान्नु हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको जग हल्लिँदा प्रचण्डलाई पीर