शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने



काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले वार्तामा बोलाएपनि महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको हो ।

महासंघले आज बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनलाई थप उचाइमा पुर्याउन शिक्षकहरुलाई आगह गरेको छ । सरकारले महासंघलाई वार्तामा बोलाए वार्तामा बस्ने समय निश्चित भएको छैन ।

महासंघले भनेको छ, ‘सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल विछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन् । हामी त्यही सोच र व्यबहार विरुद्ध लडिरहेका छौं । कुनै प्रायोजित हल्ला र षड्यन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन हामी सबै आन्दोलनकारी शिक्षक–कर्मचारी साथीलाई आग्रह गर्दछौं ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० देखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए