असिनापानीसँगै परेको चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते



डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो ।

मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् ।

यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति

काठमाडौं ।  नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ ।

धूमपानविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ

-डा. प्रकाश बुढाथोकी विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृत्रिम अभ्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम

गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने विश्वास

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास