रविको मानव अधिकार रक्षाका लागि रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियारलगायतका नेताहरुले आयोगमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोगलाई आग्रह गरेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको उनीहरुको भनाई छ ।

लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध गर्दै आएको छ । उच्च अदालतको आदेशअनुसार रवि सोमबार भैरहवा कारागार चलान भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति

काठमाडौं ।  नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ ।

धूमपानविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ

-डा. प्रकाश बुढाथोकी विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृत्रिम अभ्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम

गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने विश्वास

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास