सरकार विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर देखिएन, वार्ताको औचित्य छैनः शिक्षक महासंघ



काठमाडौं । नेपाल शिक्षक महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको बताएको छ । बुधबार विज्ञप्ति जारी गरी महासंघले संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त अघि सारेको हो ।

शिक्षा मन्त्रालयले मंगलबार शिक्षकहरुलाई वार्तामा बोलाएको थियो । त्यसको जवाफमा महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको बताएको हो ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्रातीशीघ्र निर्णय लिँदै ऐन जारी गर्नका लागि माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुने भएकाले त्यस्तो अवस्थामा मात्र महासंघ वार्तामा बस्न सक्ने कुरा स्पष्ट गर्दै विज्ञप्ति मार्फत् आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको समेत प्रष्ट्याउन चाहान्छौं ।’ विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट