सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट  ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ ।

आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनता भ्रष्टाचारदेखि दिक्क भएका छन्: नेता थानी(अन्तरवार्ता)

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गरेका नेपाली

सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु

डोटीमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु, आठ घाइते

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिरोका कारण अवरुद्ध भएको छ