एक व्यक्तिको गोली प्रहार गरी हत्यापश्चात साधुको भेसमा लुकिछिपी बसेका अभियुक्त १७ वर्षपछि पक्राउ



काठमाडौं । एक व्यक्तिको हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ वैशाख २५ गते पर्साका ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादको विषयमा छलफलका लागि बोलाइ गोली प्रहार गरी हत्या गरेर फरार भएका अभिुक्त पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हत्यापछि फरार रहेका लोकनाथ साह तेलीलाई सोमबार बीरगंजबाट पक्राउ गरेको हो ।

उनी भारतको चम्पारणस्थित रामजानकी मन्दिरमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी रहेको खुलेको छ । उनलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । साहलाई अदालतको आदेश अनुसार मंगलबार जेल चलान गरिएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्राइएका १३ लाख ८०

हामी सरकारमा छौं तर सत्तामा छैनौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले

आफताब आलमलाई मस्तिष्कघात

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएर बुधबार रिहा भएका नेपाली कांग्रेसका नेता मोहम्मद

नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रुपान्तरण गर्न सहमत

काठमाडौँं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति