सरकार खोज्दै दिउँसै टर्च बालेर शिक्षकहरुको प्रदर्शन
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं प्रदर्शन गर्दैआएका शिक्षकहरूले मंगलबार दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् ।
नयाँबानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षकहरुले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।
शिक्षकहरूले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।