यस्तो देखियो बल्खुमा राप्रपाको प्रदर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंका बल्खु क्षेत्रमा शक्ति प्रदर्शन गर्दैछ । यतिबेला आमसभास्थलमा राप्रपाका नेता कार्यकर्ता भेला भइरहेका छन् ।
भृकुटीमण्डपमा सभा गर्न प्रशासनले नदिएपछि बल्खुमा गर्न लागिएको हो । आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चैत १५ गते तिनकुनेमा राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आज बल्खुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै राप्रपाले पनि घुसपैठ हुन नदिन उल्लेख्य मात्रामा स्वंसेवक परिचालन गरेको छ ।