नेपाल र भारतका सर्वोच्च अदालतबीच न्यायिक क्षेत्रमा सहयोग गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवद्र्धन र सुदृढीकरण गर्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको हो । यस समझदारी पत्रले दुई देशका न्यायपालिकाहरूबीचको सहयोगको विकास, प्रवद्र्धन र सुदृढीकरण गर्ने लक्ष्य राखिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यस समझदारी पत्रले कानून र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासहरूको बारेमा पारस्परिक जानकारीको आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै भ्रमणको आदानप्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम र शैक्षिक कार्यक्रमहरू जस्ता कार्यक्रमहरू मार्फत न्यायपालिकाका विभिन्न तहका न्यायाधीशहरू र अधिकारीहरूबिच अन्तरक्रियालाई पनि प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।

यसैगरी अधुरा कार्यहरु पूरा गर्न, अदालती प्रक्रियाहरूलाई तीव्र पार्न र सरोकारवालाहरूलाई राम्रो सेवा प्रदान गर्न प्रविधिको प्रयोगको महत्त्वलाई आत्मासात गर्दै यस समझदारी पत्रले सम्बन्धित अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको जनाइएको छ ।

समझदारी पत्रका अनुसार न्यायिक सहयोगलाई प्रवद्र्धन र थप सुदृढीकरण गर्न र यसका लागि योजना र ढाँचा तयार गर्न दुई न्यायपालिकाका अधिकारीहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरिनेछ ।

भारत सरकार र भारतको सर्वोच्च अदालतले यसअघि नै इजरायलको सर्वोच्च अदालत, सिंगापुर गणराज्यको सर्वोच्च अदालत, बंगलादेशको सर्वोच्च अदालत, भुटानको सर्वोच्च अदालत, ट्युनिसिया सरकार, जाम्बिया सरकार, मोरोक्को सरकार, माल्दिभ्स सरकार लगायत अन्य देशहरू÷संस्थाहरूसँग न्यायिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरमा १५ वर्षीय दाजुले गरे ११ वर्षीया बहिनीको हत्या

काठमाडौं । ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा आजु पक्राउ परेका छन् ।

सहकारीको समस्याबारे राष्ट्रपतिको चासो, समस्यालाई छिटो टुंगो लगाउन सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका

तस्बिरमा बोडेको जिब्रो छेड्ने जात्रा

भक्तपुर । बिस्काः जात्राअन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

सर्वोच्चद्वारा छबिलाललाई थुनामा पठाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन