सहकारी र लघुवित्तपीडितहरु आन्दोलित


काठमाडौं । सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान(महासंघ)को अनुवाइमा उनीहरूले सोमबार काठमाडौंको शान्तिबाटीकाबाट र्यालीसहित राष्ट्रपति भवन अगाडि पुगेर धर्ना दिएका हुन् ।

उनीहरुले सहकारीको स्वनियमन खारेज गर्नुपर्ने, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।