अन्तर्राष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि हुने



काठमाडौं । दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्ने उद्देश्यले यही चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ ।

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सह–आयोजनामा हुने सम्मेलनमा यातायात क्षेत्रका विज्ञहरु, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुनेछ जनाइएको छ ।

‘स्मार्ट यातायात प्रणालीको प्रवद्र्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्ने, उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरुको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको उद्देश्य छन्’, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल अध्यक्ष डा हरेराम श्रेष्ठले भने ।

सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपाय खोजिने र सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सवारीसाधान ग्यारेजमा थन्क्याएर सोमबारदेखि आन्दोलनमा उत्रिने व्यवसायीको घोषणा

काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पर्ने घोषणा गरेका छन् ।

एक सातासम्म मनसुन निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५

६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका

मधेस प्रदेशमा १२ अर्ब ७० करोड लागतका ६४ सडक योजनाको एकैपटक शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका