सशस्त्र प्रहरीद्वारा बारामा १० लाख रुपैयाँ भन्दाबढीको अबैध कपडा बरामद



काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहीबाट सशस्त्र प्रहरीले १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बा.प्र.०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा वीरगंज महानगरपालिका– १६ भुटनदेवी मन्दिर नजिकबाट २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले भन्सार छलीको कपडा र गाडी आइतबार नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गाडीलाई पिछा गर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद कपडा वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशसत्र प्रहरीले जनाएको छ । बरामद गरिएको लत्ताकपडाको मूल्य १० लाख ८ हजार रुपैयाँ रहेको सहप्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका बेला राप्रपा सांसद दीपक सिंह पक्राउ

काठमाडौं । राप्रपाका सांसद दीपक सिंह पक्राउ परेका छन् । राजावादीको आन्दोलनबाट पक्राउ

बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम

सवारीसाधान ग्यारेजमा थन्क्याएर सोमबारदेखि आन्दोलनमा उत्रिने व्यवसायीको घोषणा

काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि सार्वजनिक यातायात ठप्प पर्ने घोषणा गरेका छन् ।

एक सातासम्म मनसुन निष्क्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५